दीर्घकालीन सोचः

मर्यादित श्रम र रोजगारको सिर्जना र प्रभावकारी यातायात व्यवस्थापन।

उद्योग तथ बाणिज्य क्षेत्रको विकास गर्दै उपभोक्ता हित संरक्षण।

प्रादेशिक पर्यटन विकास र पर्यटकीय धरोहरहरुको संरक्षण।

यातायात क्षेत्रको सुदृढीकरण गर्दै यातायात व्यवस्थापन र नियमन।

 

लक्षः

औद्योगिक क्षेत्रको विकास गर्दे बाणिज्य क्षेत्रको व्यवस्थापन एवम् सुदृढीकरण गर्ने र उपभोक्ता हितको संरक्षण गर्ने।

प्रदेशभित्रै रोजगारीको वातावरण सिर्जना गरी श्रमशक्तिको सहज व्यवस्थापन गर्दै सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने।

प्रादेशिक पर्यटन पूर्वाधार विकास र पर्यटकीय संरचनाहरुको संरक्षण गर्ने।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्दै यातायात क्षेत्रको सुरक्षा, व्यवस्थापन र नियमन मार्फत यातायात क्षेत्रलाई चुस्त बनाउने ।

 

उद्देश्यः

प्रदेशभित्रको श्रमशक्ति व्यवस्थापन र सुरक्षित रोजगारीको सिर्जना; सामाजिक सुरक्षा सहितको उन्नत जीवनयापन; उद्योग तथा बाणिज्य क्षेत्रको प्रबर्द्धन र विकास; पर्यटकीय पूर्वाधारको निर्माण, संरक्षण तथा भाषा, संस्कृति र पुरातत्व संरक्षण एवम् प्रबर्द्धन; सहुलियतपूर्ण सार्वजनिक यातायात सेवा र अनुशासित यातायात प्रणालीको स्थापना गर्ने ।