प्रदेश सरकारका गतिविधि तथा सेवा प्रवाहका सम्वन्धमा कुनै गुनासो, सूचना, जानकारी सम्प्रेषण गर्न/प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले हेलो मुख्यमन्त्री कक्षको स्थापना हरी सञ्चालनमा ल्याइएको छ। प्रदेश सरकार र प्रदेशवासीहरुका बिचमा सूचना आदान प्रदानमा सहजता ल्याउनको लागि दैनिक १४ घण्टा (विहान ६ बजेदेखि साँझ ८ बजे सम्म) सञ्चालन गर्ने गरी कक्षको स्थापना गरिएको छ। त्यसैले कक्षमा व्यवस्था गरिएका देहाय बमोजिमका माध्यमहरुबाट प्रदेश सरकारसँग जोडिनुहुन इच्छुक प्रदेशवासी लगायत सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

 

सूचना सम्प्रेषणका माध्यमहरुः

टोल फ्रि नं. १६६०७१५२००७

टेलिफोन नंः ०७१-५३५८०६

इमेलः hellocmlumbini@gmail.com

फेसबुक पेजः Hello CM Lumbini

मोवाईलः ९८५७०८६४२८